Rule 53A
हक दावीको सूचना प्रकाशन गर्नु पर्ने
(१) ऐनको दफा ४६ बमोजिम दाखिला भएको मालवस्तुको धनी पत्ता नलागेको अवस्थामा त्यस्तो मालवस्तु जफत गर्नुअघि भन्सार अधिकृतले त्यस्तो मालवस्तुमा कसैको हक लाग्ने भए आफ्नो दावी प्रस्तुत गर्न बाटाको म्यादबाहेक पन्ध्र दिनभित्र प्रमाण सहित उपस्थित हुन सम्बन्धित भन्सार कार्यालयको सूचना पाटीमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय र उद्योग वाणिज्य संघको कार्यालयमा समेत टाँस गर्न पठाउनु पर्नेछ ।